Thu. Apr 25th, 2024

काठमाडौं, वैशाख १७ । फिफा वल्र्डकप खेल्ने सपना देखेका साना खेलाडीको कथालाई प्रस्तुत गरिएको फिल्म ‘वल्र्डकप इन नेपाल’लाई बुधबार राजधानीमा रहेका गुल्मेलीमाझ देखाइएको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्देशक रामशरण पाठक हुन् ।फिल्म गुल्मीका सभासद चन्द्र भण्डारी, नेपाल समाचारपत्र दैनिकका सम्पादक टंक पन्तलगायतले हेरेका थिए ।
नेचुरल मुभी मेकर्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा अण्डर १९ वर्षका खेलाडीहरु उमेश थापा, प्रवीण तामाङ, एलेन न्यौपाने, सुजन तामाङ, विपिन सापकोटा, आदित्य चौधरीसहित गिरिप्रसाद पुन, शर्मिला शर्मा, सोनु केसी, संगम राई, गोपाल अर्याललगायतले अभिनय गरेका छन् । राम तामाङ निर्माता रहेको फिल्ममा निर्देशक पाठककै पटकथा, जुगल डंगोलको संगीत, राजु भण्डारीको सम्पादन, कृष्णभक्त महर्जनको नृत्य र मनिष पन्थको छायांकन रहेको छ । फिल्मका प्रस्तुतकर्ता प्रकाश थापा हु्न्

%d bloggers like this: