Fri. Mar 29th, 2024

बलिउडका सर्वाधिक चर्चाका कलाकार हुन् शाहरुख खान । पैसा देखि सानसम्म उनको सबैभन्दा बढि छ, त्यहि अनुरुपम उनका फ्यान होलान भन्ने कल्पना गर्नु भएको छ भने त्यो गल्ती हुने भएको छ ।

किनकी फेसबुक फ्लोअरका हिसाबले उनीभन्दा धेरै धनि छन् एक कमेडी कलाकार ।

कुनै समय फेसबुकको फ्यान फलोइङ पनि मजबुद बनाएका शाहरुख खानलाई पछि पार्दै अगाडि बढेका कमेडी कलाकार हुन कपिल शर्मा । ८३ लाख लाइक्सको पेज समालिरहेका खानलाई अहिले चर्चामा रहेका र रातारात सेलिब्रेटि बनेका शर्माले १० लाखभन्दा बढी लाइक्सले जितेका हुन् ।

फेसबुक पेजमा भएको लाइक्सले अहिले दर्शकले शाहरुकलाई भन्दा कपिललाई बढि मनपराएको देखिन्छ ।
कपिल कमेडी नाइट्स विथ कपिल नामक टीभी शोका सञ्चालक हुन्। यो शो कलर्स टेलिभिजनमा प्रत्येक दिन शनिबार र आइतबार आउने गरेको छ ।

आफूले शाहरुखलाई जितेकोमा खुसी हुँदै कपिलले आफूले शाहरुखलाई फेसबुक लाइक्समा जितेपनि कुनै घमण्ड नरहेको बताएका छन् । घमण्ड पाले त्यो आफ्नो नालायकीपना हुने उनको भनाई छ ।

यद्यपी कपिलका भन्दा सलमान खान र अमिताभ बच्चनका फ्यान फेसबुकमा धेरै छन् ।

%d bloggers like this: