Fri. Apr 19th, 2024

पछिल्लो समयका चर्चित लोक गायक पशुपति शर्मा र अर्का गायक रमेशराज भट्टराईको संयुक्त गीत ‘अब म पनि क्रिकेट खेल्न जान्छु’ २४ घण्टामै सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको छ । यस अघि ‘मलाई अमेरिका यहिँ’ शिर्षकको गीतबाट सर्वाधिक चर्चा पाएका गायक शर्माले आम मानिसको चासो र चर्चामा रहेको क्रिकेट सम्बन्धी गीत बजारमा ल्याएका हुन् ।
सोमबारमात्र युटुबमा अपलोड गरिएको उक्त गीतको भिडियो २४ घण्टाभित्र २० हजारभन्दा बढिले हेरेका छन् । त्रिवि क्रिकेट मैदानमा छायांकन गरिएको भिडियो कमेडी खालको भएको र गीतका शब्दहरु पनि राम्रो भएकाले उक्त गीत धेरै हेरिएको हुन सक्ने निर्माण पक्षले जनाएको छ । गीत संगीतमा संघर्ष गरिरहेको एक युवा क्रिकेटको लोकप्रियतामा लोभिएर पेशा बदल्न खोजिएको बिषय गीतको मुख्य थिम हो । भिडियोमा काठमाडौंमा घरवेटीहरुको व्यवहार कस्तो छ भन्ने बिषयलाई पनि देखाउन खोजिएको छ ।

%d bloggers like this: