Fri. Mar 29th, 2024

काठमाडौं, वैशाख १६ । राजधानीको मैतीदेवीमा रहेको नृत्य प्रशिक्षण केन्द्र ‘डान्स फिभर–रिदम अफ सोल’ले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ ।फिभरले राजधानीको अनामनगरस्थित मण्डला थिएटरको हलमा भरिभराउ दर्शकमाझ सांस्कृतिक कार्यक्रम देखाएको हो ।
फिभर चर्चित कोरियोग्राफर गम्भीर विष्ट र नायक गजीत विष्टले सञ्चालन गर्दै आएका छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यता र महासचिव सन्दिप सापकोटाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा बच्चादेखि ६० वर्ष उमेर समूहकाले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए । ती सबै कलाकार डान्स फिभरकै उत्पादन भएको गजितले बताए ।
कार्यक्रममा नायिका तथा रंगकर्मी निष्मा घिमिरे, गम्भीर, गजित, कलाकार राज आचार्यलगायतले जिम्बा, साल्सा, फ्रिस्टाइल, बलिउड, हिपअप, कन्टेम्पोररीसहितका विविध नृत्य गरेका थिए । कार्यक्रममा हाँस्यकलाकार दीपाश्री निरौला, कलाकार कविता शर्मा, निर्देशक सुब्रत आचार्यलगायतको उपस्थिति रहेको थियो ।
10152379_10202526114927304_6816243263471286540_n
10171049_10202526115927329_7780587680225286693_n

%d bloggers like this: