Thu. Mar 28th, 2024

थिएटरका कलाकारहरुको अभिनय रहेको अर्को चलचित्र ‘सरी ल’ को शीर्ष गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी चलचित्र सरी ल को गीत सार्वजनिक गरिएको हो । शिबम अधिकारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको गीतमा शिव परियारले स्वर दिएका छन् ।

अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेको चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र सरी ल मासुवास थापा, राजन अतिवडा र अनिता आचार्यको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा अन्जु केसीको कथा, शिवम अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ । समसामयिक प्रेम सम्बन्धका बिषयमा तयार पारिएको चलचित्रले राम्रो व्यापार गर्ने निर्माण पक्षको दावी छ ।

%d bloggers like this: