Fri. Apr 26th, 2024

काठमाडौँ , बैशाख १६। यस वर्षकै चर्चित एबम सफल  फिल्म ‘नाइ नभन्नु ल २’का निर्देशक विकास आचार्यलाई पितृशोक परेको छ । विराटनगरस्थित निवासमा रहेका उनका पिता देवीप्रसादको ८४ वर्षको उमेरमा मंगलबार बिहान मुटुको समस्याबाट निधन भएको हो ।
फिल्म लेखनमा लामो समय एकछत्र राज गरेका लेखक तथा निर्देशक आचार्यले फिल्म ‘नाइ नभन्नु ल’बाट निर्देशनमा डेब्यु गरेका थिए । उनको अर्को फिल्म ‘रिदम’ले पनि राम्रो व्यापार गरेको थियो ।
आचार्य सधै आफ्नो फिल्म चल्नु अघि आफ्ना बाबु को आशिर्बाद लिन आफ्नो घर बिराटनगर जाने गर्थे । फिल्म ‘नाइ नभन्नु ल २’ प्रदशन हुनु केहि दिन अगाडी पनि उनिले आफ्ना बाबु बाट आशिर्बाद लिएका थिए ।
परिवारमा निर्देशक आचार्यसहित ५ दाजुभाई छन् । साइला सन्तान विकासका जेठा दाजु शैलेश पनि फिल्म निर्देशक नै हुन् । शैलेशद्वारा निर्देशित फिल्म ‘खग्रास’ प्रदशनको तयारिमा छ।

%d bloggers like this: