Thu. Apr 25th, 2024

काठमाडौं, वैशाख १६ । फिल्म सम्पादनमा वर्चस्व जमाएका युवा सम्पादक सुरेन्द्र पौडेलले निर्देशनमा हात हाल्ने भएका छन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्म ‘आभाष’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

निर्देशक पौडेलका अनुसार फिल्मले युवापुस्ताको कथालाई बोल्नेछ । ‘फिल्मले पछिल्लो पुस्ताको समसामयिक दिनचर्यालाई पर्दामा उतार्नेछ’, अनामनगरस्थित मण्डला थिएटरमा कलाकारसँग भेटिएका निर्देशक पौडेलले भने, ‘फिल्म कमेडी, ट्रयाजेडी र लभ सिक्वेन्सको हुनेछ ।’

नायिका प्रियंका कार्की, संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीले प्रमुख भूमिकामा अभिनय गर्ने फिल्म जेठ ४ बाट सुटिङका लागि फ्लोरमा जाँदैछ । यसै फिल्ममार्फत आश्माले रजतपटमा डेब्यु गर्दैछिन् । मण्डलाका प्रशिक्षक तथा कलाकार प्रविण खतिवडाले हाल कलाकारत्रयलाई अभिनय सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण १५ दिनसम्म चल्नेछ ।

फिल्ममा सुनिल रावल, गोविन्द शाही र दीपक शाहीको संयुक्त लगानी हुनेछ । फिल्म निर्माणमा ग्लोसी पिक्चर्स प्रालिको पहिलो प्रवेश हो भने क्रिएटिभ फिल्मस्ले यसअघि ‘पराई’ निर्माण गरिसकेको छ । जसको निर्देशन स्व. शिव रेग्मीले गरेका थिए । फिल्ममा चेतन गुरुङ, प्रकाश नेपाली, सुरेन्द्रध्वज कार्की र सुरेन्द्रकै संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।

DSC_6061
 
DSC_6083

%d bloggers like this: