Fri. Apr 26th, 2024

काठमाडौँ , बैशाख १६। प्रदिप मिडिया प्रालिको प्रस्तुतिमा केहि जोशीला युवाहरुको सामुहले बनाएको फिल्म ‘ठुलो मान्छे’ अब प्रदशनमा आउने भएको छ । सोमवार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा सो फिल्मको प्रदर्शन मिती घोषणा गरिएको हो। बाल मनोबिज्ञानमा आधारीत फिल्म जेठ २ गतेबाट अल नेपाल सिनेमा हलमा प्रदर्शन हुने छ ।
फिल्मले वालवालिकाको स्वभाव ,चाहाना र त्यो पुरा गर्नको लागी उनीहरुले गर्ने बदमासी अनि उनीहरुको को इच्छा लाई पुरा गर्न नदिने अभिभावक, शिक्षकको प्रवृतीलाई प्रस्तुत गरिएको फिल्मका कलाकार तथा निर्देशक प्रशान्त तामाङले बताए । साथै फिल्ममा वालवालिका लाई पिटेर हैन माया गरेर उनीहरुको इच्छा अनुसार हौशला दिई सिकाउन पर्छ भन्ने सन्देश दिन खोजेको पनि उनले थपे । निर्देशक तामाङ लामो समय देखि निर्त्य निर्देशन तथा कार्यक्रम संचालनमा संलग्न थिए।
कार्यक्रममा फिल्मको प्रोमो, पोस्टर तथा केहि गीत समेत देखाईएको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय प्राबिधिक संघ अध्यक्ष मनोज केसी, निर्देशक ज्ञानेन्द्र देउजा तथा प्याब्सनका पधाधिकारी शिक्षकको समेत उपस्थिति रहेको थियो ।
फिल्म ‘ठुलो मान्छे’मा प्रशान्तसँगै मुख्य भूमिकामा केकी अधिकारी तथा पाच बालकलाकारमा कुशल, रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, शुष्मा लगायतको अभिनय रहेको छ ।
प्रदिप खड्काको लगानी रहेको फिल्ममा संगीत एलिश कार्कीको ,सम्पादन मित्रदेव गुरुङको र छयांकन सन्दिप श्रेष्ठ, सन्तोष केङ कार्की र निरज श्रेष्ठको रहेको छ । फिल्मको कथा, कन्सेप्ट तथा निर्त्य निर्देशक प्रशान्त तामाङ आफैको रहेको छ ।

%d bloggers like this: