Sat. Apr 27th, 2024

काठमाडौँ, बैशाख १५ । केही दिन अघि मात्र ६ जना कार्यसमिति सदस्यहरुले राजीनामा दिएको चलचित्र निर्देशक समाजमा फेरी थप ३ सदस्यहरुले राजीनामा दिएका छन् ।
निर्देशक समाजसका सदस्यहरु दुर्गा नेम्वाड,राजु गिरी, गोकुलकुमार राइले पनि राजिनामा दिएका छन् ।
निर्देशक समाजमा देखिएको यस्तो असमझदारी र द्धन्द्ध अझै समाप्त नहुने छनक देखिएको छ । उनीहरुले डिसीले आफूखुसी गरेको आरोप लगाएका  छन ।
समाजका अध्यक्ष दिनेश डीसीले भने सदस्यहरुको राजीनामा पत्र बुझ्न इन्कार गरेको बुझिएको छ । उनले राजीनामा पत्र दर्ता समेत नगरी बैठकमा कुरो टुंगाउने बताएका छन ।
समाजका महासचिव ऋषी लामिछानेले अब आफुहरु बैठक नबस्ने भन्दै डीसीको राजीनामाको कुनै विकल्प नभएको बताएका छन । अन्य सदस्यहरुले पनि अब निर्देशक समाजमा काम गरि बस्न नसक्ने अवस्था आएकोले डीसीले पद छाड्नु पर्ने बताएका छन ।
तर अध्यक्ष दिनेश डीसीले भने आफुमाथी लगाईएको क्यामरा बेचेको अनि आफूखुसी निर्णय लिएको आरोप आपतिजनक र आधारहीन भएकोले बैठक र छलफल नगरी नटुङ्गिने र त्यसपछि मात्र केहि निर्णय सार्वजनिक गरिने जनाएका छन् ।
नयाँ कार्यसमिति चयन भएको झन्डै एक बर्षमा निर्देशक समाजमा यस्तो असन्तुस्टी देखिएको हो । यसबारे समाजमा तिब्र छलफल समेत चलिरहेको बुझिएको छ ।

%d bloggers like this: