Sat. Oct 26th, 2024

काठमाडौँ , बैशाख १४। नेपाल चलचित्र द्धन्द्ध कलाकार संघको अध्यक्षमा पुन योगेन्द्र श्रेष्ठ अत्यधिक मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्बाचनमा अध्यक्षमा ४३ मत प्राप्त गरि श्रेष्ठ निवार्चित भएका हुन् । अर्का अध्यक्ष प्रतिस्पर्धी सूर्य थोकरको भन्दा उनको ४१ मत बढी आएको हो ।
त्यस्तै उपाध्यक्षमा भरत क्षेत्री ,कोषाध्यक्षमा बब्लु विक्रम थापा ,सदस्यहरु शुक्रराज शाह,  केवीराज वाहक, भूपेन्द्र विसी,संजय थापा, राजाराम गौतम, संजय महर्जन र किरण बिजयी भएका छन् । महासचिवमा राजकुमार उप्रेती निर्विरोध विजयी भएका छन् भने सचिबको पद भने खालि नै राखिएको छ।
बिजयी भए पछि नवनिर्बाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले भने ”अब द्धन्द्ध कलाकारका भलाई अनि सुरक्षा को लागि लड्छु ।” आगामी तीन बर्षका लागि श्रेष्ठ लगायत कार्यसमितिले काम गर्ने छ ।