Thu. Apr 18th, 2024

काठमाडौँ , बैशाख १४।  आगामी जेष्ठ १६ रिलिज हुने फिल्म मुखौटाको हालै रिलिज गरिएको नयाँ तथा दोश्रो ट्रेलरमा फरक त छ दै छ तर केहि अस्लिल संवाद समेत रहेको छ। उक्त ट्रेलरमा महानायक राजेश हमालसँग सौगात मल्लले केहि अश्लिल भाषा प्रयोग गरेका छन् ।
ट्रेलरमा अभिनेता हमाल लगायत फिल्मका सबै प्रमुख पात्रहरुलाइ बिशेष रुपमा देखाइएको छ । माफिया डनहरु माथि केन्द्रित फिल्म पूर्णरुपमा एक्सनप्रधान रहेको बताइएको छ । फिल्मलाई अभिनेता अर्पण थापाले लेखन निर्देशन गरेका हुन्। पहिलो ट्रेलर मार्फत निकै प्रसंसा पाएको मुखौटा हाल सबैको प्रतीक्षामा छ ।
फिल्ममा अर्पणसंगै राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई,निशा अधिकारी, सुनिल थापा, हर्शिका श्रेष्ठ , रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको मुख्य अभिनय रहेको छ । हेर्नुहोस ट्रेलर:


%d bloggers like this: