Sat. Apr 20th, 2024

काठमाडौँ, १३ बैशाख । गीतसंगीत सम्बन्धित विभिन्न संघसंस्थाले शनिबार राजधानीमा ‘अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति दिवश’ मनाएका छन् । सो अवसरमा बाजागाजासिहत गीतकार तथा संगीतकारले पदयात्रा निकाले ।
बौद्धिक सम्पत्तिको संरक्षण, यसैमा छ हाम्रो समर्पण, सभ्य समाजको परिचय, बौद्धिक सम्पत्तिको संरक्षण, संसारका स्रष्टा एक हौँ’ जस्ता सन्देश लेखिएका प्लेकार्डसहित निकालिएको पदयात्रामा अधिकांश गीतकार तथा संगीतकार सहभागी थिए ।

https://i0.wp.com/musickhabar.com/wp-content/uploads/2014/04/world-intellectual-property-day-36.jpg?resize=587%2C440
संगीत रोयल्टी संकलन समाज नेपालको संयोजत्वमा भृकुटीमण्डपबाट निकालिएको पदयात्रा भद्रकाली, सहिदगेट, रत्नपार्क, जमल, कमलादी, पुतलीसडक, बागबजार हुँदै खुलामञ्चमा पुगेर समापन गरिएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २००१ अप्रिल २६ देखि मनाउन थालिएको यो दिवस नेपालमा भने गत वर्षबाट मनाउन सुरु गरिएको हो ।
नेपालमा स्रष्टा तथा कलाकर्मीले गत वर्ष औपचारिक रूपमा बौद्धिक सम्पत्ति दिवश मनाएको र उल्लखेय स्रष्टा तथा सर्जकको सहभागिता भएकाले निरन्तरता दिन थालिएको हो । कार्यक्रममा नेपाल प्रहरीको संगीत ब्यान्डले पदयात्रा संगीतमय बनाएको थियो । कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार बिसुकुमार केसीले मानव समाजको विकासक्रम नवीनतम् खोज, आविष्कार तथा विभिन्न सिर्जनाका कारण भएको भन्दै मानिसले गर्ने विभिन्न रचना तथा सिर्जनाका कार्यलाई संरक्षण गर्न सकेमा सभ्य समाज निर्माण भई समृद्धि कायम गर्न सकिने बताए ।

https://i0.wp.com/musickhabar.com/wp-content/uploads/2014/04/world-intellectual-property-day-38.jpg?resize=587%2C440
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार तथा संगीतकारका सिर्जना अन्य भौतिक सम्पत्तिसरह संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जसरी भौतिक सम्पत्तिको संरक्षण गर्न जरुरी छ, त्यसैगरी स्रष्टाका सिर्जना तथा रचनाको पनि संरक्षणको आवश्यक छ ।’
पदयात्रामा विभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए, जसमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, प्रस्तोता समाजलगायत पदयात्रामा सहभागिता थिए ।
https://i0.wp.com/musickhabar.com/wp-content/uploads/2014/04/world-intellectual-property-day-43.jpg?resize=587%2C440

https://i0.wp.com/musickhabar.com/wp-content/uploads/2014/04/world-intellectual-property-day-21.jpg?resize=587%2C440

%d bloggers like this: