Fri. Apr 19th, 2024

 काठमाडौँ, १८ चैत । धेरैले भन्ने गर्थे अब आर्यन सिग्देलको दिन गए तर हाल उनि एक पछि अर्को फिल्म पाईरहेका छन, थुप्रै फिल्म उनको फ्लोरमा छन् अनि प्रदशनको लिस्ट पनि लामै छ । पछिल्लो पटक सिग्देल फिल्म ‘अलबिदा’मा अनुबन्धन भएका छन् । आज राजधानीमा आयोजित एक बिलकुल फरक पत्रकार भेटघाट कार्यक्रममा उनको पछिल्लो फिल्म बारे जानकारी दिइयो । पर्दामा फिल्म देखाईएकै शैलीमा फुटेज सामग्री देखाएर प्रेसमिट सम्पन्न भयो।

 आर्यनका एकदमै नजिकका मित्र मानिने हसन खानको एचआरके प्रोडक्सनले यो फिल्मलाई निर्माण गर्दैछ । आफुलाई सलमान खानको डाईहार्ट फ्यान बताउने हसन पनि फिल्मका अर्को मुख्य पत्रको भूमिकामा देखिदैछन । आर्यन अनि हसनको साथमा पूर्व मिस टिन अनिता आचार्यको पनि फिल्ममा अभिनय रहनेछ । हिन्दु अनि मुस्लिम धर्म मान्ने प्रेमी प्रेमिकाको जिबन कथा नै ‘अलबिदा’को मुख्य सार हो ।

 यस अघि ‘धुवा’ लगायत तीन फिल्म निर्देशन गरि सकेका लक्ष्मण रिजालले ‘अलबिदा’ निर्देशन गर्दैछन। फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, हसन खान कै कथा,रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन अनि अष्ट महर्जनको एक्सन हुनेछ । फिल्मको प्रोडक्शन म्यानेजमेन्ट केशव घिमिरेले गर्दैछन ।

 नब नायिका अनिता आचार्यले आफुले फिल्म नखेल्ने सोच बनाएको भए पनि यो फिल्ममा आफुले गर्न खोजेको झैँ भूमिका पाएकाले गर्न तयार भएको बताईन। निर्माता एबम नायक हसन खानले ‘अलबिदा’लाई लगानीमा कन्जुशाई नगरी राम्रो बनाउने बताए । साथै उनले आफुले हिरो बन्न मात्र लगानी नगरेको र सानै देखि फिल्म खेल्ने सोख भएकाले हिरो बनेको पनि जनाए । नायक आर्यन सिग्देलले बिगतको झैँ पुरानै भनाइ दोहोराउदै आफ्नो यो फिल्ममा पनि केहि फरक किसिमको भूमिका रहने बताए । फिल्मको शुटिंग आउदो नया बर्ष वैशाखको पहिलो साताबाट गरिने बुझिएको छ ।

%d bloggers like this: