Fri. Apr 26th, 2024

लस एन्जलस, १९ फागुन (एजेन्सी) । हलिउड फिल्म ‘टुभेल्थ इयर्स अ स्लेभ’ले यस वर्षको ओस्कर अवार्ड जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डोल्ली थिएटरमा सम्पन्न ८६औं एकेडेमिक अवार्ड ओस्करमा ऐतिहासिक कथा भन्ने फिल्म ‘टुभेल्थ इयर्स अ स्लेभ’ उत्कृष्ट ठहरिएको हो । समारोहमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको थियो ।article-2571728-1BFB53B100000578-430_634x599
समारोहमा ६ वटा प्राविधिक विधासहित उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दै ‘स्पेस ड्रामा ग्राभिटी’ ले उपाधि रचेको छ । निर्देशक अल्फेन्सो कुरान ओस्कर जित्ने पहिला ल्याटिनो निर्देशक हुन् । अवार्ड हात परेपछि कुरानले भने, ‘फिल्मको रुपान्तरणकारी शक्ति हो ।’ उनले सान्ड्रा बुलकलाई ग्राभिटीको आत्मा र मुटु भएको बताए ।
त्यस्तै, उड्डी एलेनको ‘ब्लु जस्मिन’ मार्फत अष्ट्रेलियन अभिनेत्री केट ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री बनिन् भने ‘डल्लास बायर्स क्लब’ बाट म्याथु म्याक्कनग्ले उत्कृष्ठ अभिनेता ठहरिए । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड विभाजित भएको यो दोस्रोपटक हो ।

article-2571728-1BFB507600000578-60_634x459
उत्कृट फिल्म ‘टुभेल्थ इयर्स अ स्लेभ’ का निर्देशक स्टिभ म्याकिनले आफ्नो फिल्मको जितलाई दासता अन्त्य गर्ने आन्दोलनप्रति शक्रियहरुलाई समर्पण गरेको घोषणा गरे ।  उनले भने, ‘सबै मानिस हातमुख जोर्नका लागि होइन, बाँच्नकै लागि सक्षम छन् । यो सोलोमन नर्थअपको सबैभन्दा राम्रो सोचाइ हो ।’ रियल कथामा आधारित यस फिल्मले ‘सोलोमन नर्थअप’ नामक पात्रको कथा पेश गर्छ । अपहरण गरेर लुसियानामा जबर्जस्ती दास बनाइएको सो पात्रले आफ्नो स्वतन्त्रता खोज्नेक्रममा गरेको कठिन संघर्ष हो, ‘टुभेल्थ इयर्स अ स्लेभ’ । उत्कृष्ट फिल्मको अवार्ड पाएपछि अभिनेता तथा निर्माता ब्राड पिटले निर्माण युनिटको प्रशंसा गर्दै भने, ‘टुभेल्थ इयर्स अ स्लेभ मात्र नभइ हामी सबैले जितेका र्छाैं ।’ यसै फिल्मबाट डेब्यु अर्थात् सहायक अभिनेत्रीको अवार्ड ३१ वर्षीया केन्याली लुपिता नेयोङले जितिन् । उनले फिल्ममा दास युवतीको भूमिका निर्वाह गरेकी छन् ।

article-2571728-1BFC649800000578-372_634x717

article-2571728-1BFC24CA00000578-765_634x473

article-2571728-1BFC326800000578-79_634x503

article-2571728-1BFC098700000578-302_634x601

article-2571728-1BFC255600000578-911_634x764

article-2571728-1BFC3F5400000578-129_634x490

article-2571728-1BFC326800000578-79_634x503

%d bloggers like this: