Fri. Apr 19th, 2024

चलचित्र ‘एक्सिडेन्ट’ को पोष्टर पहिलो पटक सार्वजनीक गरिएको छ ।  वसन्त सापकोटाको संगित रहेको चलचित्रलाई सन्देश वराइलीले निर्माण गरेका हुन । पहिलो चलचित्र ‘मेरो राजेश दाई ’ निर्माण गरेर दर्शकमाझ आफ्नो परिचय वनाएका निर्माता वराइली दोस्रो चलचित्र ‘एक्सिडेन्ट’ ले आफ्नो परिचयलाई चलचित्रउद्योगमा फराकिलो वनाउन मद्दत गर्नेमा आफु आशावादी रहेको वताउछन ।
सडक दुर्घटनाका अलवा मानिसको जिवनमा सानो कमजोरी र गल्तीले सृजना हुने समस्यालाई चित्रण गरिएको चलचित्रलाई कृष्ण अनमोलले निर्देशन गरेका छन । मुकेश ढकाल, अभय चन्द, किरन थापा, सानु सोयाल लगाएतको मुख्य भुमिका रहेका चलचित्र आगामी वैशाख अन्तिम सातावाट एकैसाथ नेपालभर प्रर्दशन गरिने निर्माण पक्षले वताएको छ ।

%d bloggers like this: