Fri. Mar 29th, 2024

 बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १७,भारतिय प्रख्यात गायेक मिका सिंह भोलि नेपाल आउने भएका छन् । प्राय फास्ट बिटका गित गाउने गायक को ‘मिका सिंह लाईभ कन्सर्ट इन नेपाल‘ को तैयारी अन्तिम चरण मा पुगेको आयोजक सस्था मुनलाइट रेकर्डस ले जनाएको छ ।
पहिला टुडिखेलमा गर्ने भनिएको शो कन्सर्ट उक्त ठाउ आर्मीले बिशेष कारण देखाई नदिए पछी सानो गौचरण मा हुने भएको छ । स्टेज निर्माण र सुरक्षा व्यबस्था को तैयारी लगभग भैसकेको शो कन्सर्टमा मिका ले करिब एक घण्टा ३० मिनट मिनेट को समयमा आफ्नो हिट गित हरु ‘ढिंका चिका’, ‘देशी बिट’, ‘शुभ होने ना दे’,‘प्यारकी पुंगी’,‘दिल में बजे गितार’,‘खाली पिली’, ‘गन्दी बात’ सुनाउने छन् । मिका आफ्नो १८ ब्याण्ड सदस्य सहित भोलि नेपाल आउने छन् र उनि आउन साथ् एअरपोर्ट मा नै पत्रकारहरु संग अन्तरक्रिया गराउने तयारीमा रहेको आयोजक चन्द्र प्रकाश शर्माले बताए ।आयोजक सस्था मुनलाइट रेकर्डसक अनुसार झन्डै ५०० टिकट बिकिसकेको छ। पहिला ५०० दरको टिकट अहिले १००० बनाइएको र अन्य २००० र ३००० दरका टिकट छन् । भारतका महंग गायक मध्ये पर्ने मिका ले २१ बर्ष को उमेरमै ‘सावनमे लगाई आग’ एल्बम बाट नै निकै चर्चित भएका थिए । पन्जाबी मुलक यी गायक भारतका धेरै गित गएको रेकर्ड होल्डर गायकका रूपमा पनि चर्चित छन्।

%d bloggers like this: