Thu. Apr 25th, 2024

 बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १७,नेपालमा हिन्दी फिल्म बितरण गर्दै आएको वितरण कम्पनि दर्शना आर्ट्सले अब नेपाली फिल्म पनि बितरण गर्ने भएको छ ।आज काठमन्डौमा एक पत्रकार भेटघाट कार्यक्रम गरी सो कुरा आर्ट्सले जानकारी गराएको हो ।
1964457_609691912444707_1674501619_n
दर्शना आर्ट्समा प्रमुख दिपक अधिकारी,सीइेओ तथा निर्देशक सुरेश दर्पण पोख्रेल,बितरण ब्यबस्थापक रमेश पोख्रेल लगायत रहेका छन् । कार्यक्रममा दर्शनाले आगामी दिनमा बितरण गर्न लागेका ५ वटा फिल्म’ऋतु’,’पुन्टे परेड’,’उत्सब’,’हसिया’ र ‘वान-वे’को जानकारी सहित फिल्म’ऋतु’,’हसिया’ र’वान वे’को प्रोमो समेत देखाइएको थियो ।
नेपाली फिल्मको बितरण सुरुवात गरेकोमा बक्ताहरुले शुभकामनादिदै निर्माताको लगानीको प्रत्याभुती तथा आर्थिक पारदर्शीताका कुराहरुलाई जोड दिनुपर्ने बताए । आर्ट्सका सिइेओ सुरेश दर्पण पोख्रेलले राम्रा सम्भावना बोकेका फिल्म मात्र बितरण गर्ने र आर्थिक पारदर्शितामा बिशेष ध्यान दिएर आर्ट्स अगाडी बढ्ने जानकारी गराए । भने आर्ट्सका प्रमुख अधिकारीले आगामी दिनमा फिल्मको बितरण मात्र नभएर नेपाली फिल्म निर्माण मा समेत लागनी गर्ने उल्लेख गरे ।
चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी,निर्माता संघका अध्यक्ष राजकुमार राइे,चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतको कार्यक्रममा उपस्थित रहेको थियो । साथै उक्त बितरक सस्था बाट बिरण हुने फिल्मका निर्माता,निर्देशक तथा कलाकार पनि सहभागीता थियो । दर्शनाको बितरणको हिसाबले पहिलोनेपाली फिल्म ‘ऋतु’ आगामी फाल्गुन २३ गते रिलिज हुँदैछ भने उत्सब जेष्ठ २ गते,हसिया जेष्ठ ९ गते पुन्टे परेड जेष्ठ २३ गते रिलिज हुँदैछ र वान वे को रिलिज मिती अहिले तय गरिएको छैन ।

%d bloggers like this: