Thu. Apr 25th, 2024

भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई चुम्ने महिला जिउँदै जलाइएर मारिएका छन् । असमको जोरहट पुगेका राहुल गान्धीलाई स्वागतका क्रममा ती महिलाले चुमेकी थिइन् । राहुललाई चुम्ने महिलालाई उनकै पतिले आगो लगाएर मारेको समाचारमा जनाएको छ । अहिले ती महिलाका पति अस्पताल भर्ना गरिएर राखिएको असम पुलिसले जनाएको छ । प्रहरीका अनुसार उक्त निन्दनीय घटनाप्रति अहिले अनुसन्धान भइरहेको छ ।
राहुल गान्धी आफ्नो असम भ्रमणको दौरानमा सहायता समूहका ६ सयभन्दा बढी महिलाबीच उपस्थित भएका थिए । उक्त दौरानमा केही महिलाले हातमा समातेर राहुलाई चुमेका थिए भने एक महिलाले गाला र हातमा चुमेकी थिइन् । कार्यक्रमको दौरानमा राहुल गान्धीले आफ्नो सम्बोधनमा महिला सशक्तिकरणको मुद्दामा जोड दिएका थिए । उनले भनेका थिए, ‘ विधानसभा र संसदमा महिलाका लागि ३३ प्रतिशत आरक्षणले पुग्दैन, ५० प्रतिशत चाहिन्छ ।’ ति हत्या गरिएकी महिला र उनको पतिको नाम गोप्य राखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

%d bloggers like this: