Sat. Apr 20th, 2024

लस, एन्जलस, १७ फागुन । फिल्मी दुनियाँको ‘कुम्भमेला’ अर्थात ओस्कर अवार्ड । अहिले संसारका फिल्मी हस्तीको ध्यान ओस्करमा केन्द्रित छ । एकेडेमिक अवार्डका रुपमा चर्चित ओस्कर अवार्ड २ मार्च अर्थात् आइतबार साँझ लस एन्जलसस्थित हलिउडको डोल्बी थिएटरमा आयोजना हुँदैछ ।
८६औं ओस्करका लागि आयोजकले सम्पूर्ण तयारी पूरा गरेको छ भने अधिकांश नामिनेसनमा परेका कलाकार लस एन्जलस पुगिसकेका छन् । कलाकार मात्र नभई नामुद व्यापारीसमेत त्यहाँ ओइरिने क्रम बढ्दोछ । ओस्कर अवार्ड समारोह पुरस्कारका लागि मात्र नभई ग्ल्यामरस र फेसनमा पनि उत्तिकै चर्चित छ जहाँ सेलब्रेटीबीच फेसनमा स्पर्धा हुन्छ ।

Dolby-Theatre-Street-view_lg
संसारकै विशिष्ट सिनेकर्मीको भेला हुने ओस्कर समारोह अभिनेत्रीका लागि विशेष हुने गरेको छ । यस गरिमामय  समारोहमा ग्ल्यामरस र फेसनबाट अभिनेत्रीले आफ्नो औकात देखाउने गर्छन् । अभिनेत्रीहरुले रेड कार्पेटमा आफ्नो ग्ल्यामरस खुबी प्रस्तुत गर्नुलाई औकात ठान्छन् जसले गर्दा  सुन्दरी र ग्ल्यामरसको संगम बन्ने गरेको छ ओस्कर अवार्ड । ओस्कर सामारोह आकर्षण हुनु÷नहुनमा ओपिनङ सेरोमनीमा अभिनेत्री रेड कार्पेटमा लगाउने पहिरनले पनि जनाउँछ ।
यसपटकको ८६औं ओस्कर अवार्डमा एलेन डीजेनेरसले होस्ट गर्दैछन् । यसपालि सबैभन्दा बढी विधामा हलिउड फिल्म ‘अमेरिकन हस्टल’ र ‘ग्रेविटी’ नोमिनेसनमा छन् । यी दुवै फिल्म १०–१० विधामा नोमिनेसनमा परेका छन् । यसपटकको ओस्करमा बलिउड कलाकारको पनि बाक्लै उपस्थिति रहने छ ।
आस्कर अवाड्र्सको सुरुआत सन् १९२९ बाट भएको हो । पहिलो ओस्कर अवार्डको होस्ट डगलस फेयरबैक्स र विलियम सी. डीमिले गरेका थिए । त्यो समयमा हलिउड फिल्म ‘विंग्स’ ले बेस्ट फिल्मको आवार्ड पाएको थियो । विलियम ए. वेलमैन निर्देशित सो फिल्म सन् १०२७ मा निर्माण भएको हो । सन् १९२९ पछि हरेक वर्ष ओस्कर अवार्ड आयोजना हुँदै आएको छ ।

ओस्कर समारोह हुने लस एन्जलसको डोल्बी थिएटर

dolby_theater_rig_a_l

the-Dolby-Theatre

गत वर्षको ओस्कर रेड कार्पेटका केही झलक

oscar

oscar19107_5

9131_10

9117_7

9095_2

%d bloggers like this: