Fri. Mar 29th, 2024

अभिनेता दयाहाङ राई रिलमा र रंगमञ्चमा देखिएजस्तो छैनन् । रंगमञ्च र सिनेमाको पर्दा हँसाउन खप्पिस यी ‘झोले’ हिरो रिलबाहिर भने निकै लजालु छन् । यस्ता लजालुलाई सुन्दर हिरोइनले जुरुक्क उचालेर बोकिन् भने उनको हालत कस्तो होला ? केही दिनअघि यस्तै दृश्य देखियो ।
प्रियंकाले पिठ्युमा चढाएर बोकेपछि दयाहाङ लाजले भुतुककै भए । पछिल्लो यी ‘झोले’ जोडीले फिल्म प्रमोसनको तस्बिर खिच्न बागबजार प्लाजास्थित तस्बिर स्टुडियो पुगेका थिए । त्यो दिन ठ्याक्कै प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको पूर्वसन्ध्या परेछ । त्यसै मौका मनोरञ्जन संसारले ‘भ्यालेन्टाइन’ फोटोसुट गरौ न भनेपछि ‘झोले’ जोडी तयार भए ।
फोटो त खिच्ने तर कस्तो पोजमा खिच्ने ? भन्ने अन्यौतालाई चिर्दै प्रियंकाले भनिन्, ‘दया म तिमीलाई बोक्छु । कति हिरोले मात्र हिरोइन बोक्ने ? लौ मेरो ढाँडमा आऊ ।’ दयाहाङ फोटोसुट गर्न त तयार भए तर जब प्रियंकाले जुरुक्क उचालेर ढाँडमा चढाएपछि त उनी रातापिरा भए । प्रियंका र दयाहाङ अभिनीत नेपाली चलचित्र ‘झोले’ यही ७ फागुनबाट रिलिज हुँदैछ ।

तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो÷बागबजार प्लाजा ।

daya 1

daya 3

%d bloggers like this: