Thu. Apr 25th, 2024

अभिनेता दयाहाङ राई अहिले आफ्नो अपकमिङ फिल्म ‘झोले’ को प्रमोसनमा व्यस्त छन् । रंगमञ्चबाट अभिनय करिअर सुरु गरेका अभिनेता राई हिजोआज नेपाली चलचित्रमा व्यस्त अभिनेताका रुपमा चिनिन्छन् । मण्डला थिएटरका सञ्चालकसमेत रहेका अभिनेता राईसँग गरिएको कुराकानी :

अहिले केमा व्यस्त हुनुहुन्छ ?
सिनेमाकै काममा व्यस्त छु । अहिले चलचित्र ‘जिन्दावाद’ गर्दैछु, अनि चलचित्र ‘झोले’ कै प्रमोसनका छु ।
‘झोले’ मा तपाइँको भूमिका कस्ता छ ?
‘झोले’ कमेडी वेसको चलचित्र हो । जसमा मैले सामान्य आफ्नो सपना खोज्ने युवाको भूमिका निर्वाह गरेको छु ।
तपाइँ बढीजसो कमेडी भूमिकामा देखिनुहुन्छ नि ?
हो, पछिल्लो समय आममानिस फ्रस्टेड हुँदै गएका छन् । त्यसैले हँसाउनका लागि पनि त्यस्तो भूमिका सिर्जना गरेका हुन्छौ । म कमेडीमा देखिनुको कारण पनि यही नै हो ।
‘झोले’को एउटा गीतमा हिरोइनसँग नाचेको सुहाएन भन्छन् नि ?
मेरो आवरण बनावटले चिटिक्क परेकी सुन्दरीसँग नाच्दा समाजको सोच अनुसार अवश्य नसुहाएको हुनसक्छ तर क्यारेक्टर वेसमा हेर्ने हो भने सुहाएको छ ।
पछिल्लो समय नाटकलाई भन्दा चलचित्रलाई बढी समय दिनु थाल्नुभएको हो ?
होइन, उस्तै, उस्तै हो । नाटकका लागि मैले बार्षिक तीन महिना समय छुट्याएको छु । अरु  सयम चलचित्रलाई दिएको छु ।
यो त चलचित्रलाई नै बढी समय दिएजस्तै भयाो नि ?
नाटकलाई रातदिन समय दिनुपर्छ । यस हिसाबले बराबरी जस्तै हो । नाटकका लागि स्क्रिप्ट, रिहर्सनजस्ता पूर्व तयारीले रातदिन व्यस्त बनाउँछ ।
थुप्रै चलचित्र गरिसक्नु भयो तर तपाइँलाई अझै रंगर्मी नै भन्छन् नि ?
म चलचित्रमा आएको नै रंगमञ्चबाट हो, त्यसैले होला । तर मलाई रंगकर्मी भन्दा गर्व लाग्छ ।
तपाइँ आफूलाई नायक वा अभिनेता के भन्नु चाहनुहुन्छ ?
हामी अभिनय गर्ने अभिनेता हौ । नायक त चलचित्रको क्यारेक्टरमा हुन्छ । त्यसैले आफूलाई अभिनेता भन्न रुचाउँछु ।

%d bloggers like this: