Sat. Oct 26th, 2024

काठमाडौं, ५ माघ । प्रदर्शोन्मुख चलचित्र ‘तोरी लाहुरे’ युनिटले काँडाघारीस्थित सिर्जनशील बालगृहका अनाथ बालबालिकालाई विभिन्न सहयोग प्रदान गरेको छ ।
सोमबार अनाथलयमै पुगेर ‘तोरी लाहुरे’ युनिटले त्यहाँ रहेका १६ जना अनाथ बालबालिकालाई खाद्यन्न, चकलेटलगायतका सामग्री उपलब्ध गराएको हो । यो चलचित्र २१ फागुनबाट देशव्यापी प्रदर्शन हुँदैछ ।
कार्यक्रममा गजित बिस्ट, रोहित रुम्बा, अशिस्मा नकर्मी, निर्देशक एनबि महर्जन, निर्माता दिलकुमार तामाङलगायत ‘तोरी लाहुरे’ का कलाकार तथा प्राविधिक पुगृेका थिए । ‘तोरी लाहुरे’ अभिनेता’ गजितले आफ्नो व्यक्तिगत तर्फबाट अनाथलयलाई  पाँच हजार सहयोग गरेका थिए ।