Fri. Apr 26th, 2024

मुम्बई, १७ माघ (एजेन्सी) । बलिउडकी नवोदित अभिनेत्री परिणति चोपडा एउटा टेन्सनबाट मुक्त भएकी छन् । उनको भनाइअनुसार हिजोआज उनी स्लिम बनेकी छन् । यी अभिनेत्रीले भनिन्, अब म पहिलेजस्तो मोटी छैन, वजन घटाइसकेँ ।’
सन् २०११ मा प्रदर्शित फिल्म ‘लेडिज भर्सेज रिकी बहल’ मार्फत बलिउडमा करिअर सुरुआत गरेकी परिणतिले भनिन्, ‘जब म फिल्म इन्डस्ट्रीमा आएँ, त्यसपछि थोरै मोटाएकी थिएँ तर लगातार इन्डस्ट्रीमा फिट राख्नलाई मेहनत गरिरहेँ । त्यै मिहिनेतले आज आफ्नो वजन घटाउन सफल भएकी छु ।’ उनले अब आफ्नो ज्यानलाई सन्तुलनमै राख्ने बताइन् । ‘अब मोटाउन चाहन्नँ’ परिणति भन्छिन््, ‘स्लिम बन्नलाई मिहिनेत गरिरहने छु ।’
मोटी हुँदा आफूलाई समेत असहज महशुस भएको सुनाउँदै उनले भनिन्, ‘फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि स्लिम भएर राम्रो देखिन चाहन्छु ।’ उनले यदि कुनै फिल्ममा बिकनी लगाउनु परे पनि आफ्नो सुहाउँदो ज्यान भएको बताइन् । ‘भद्दा ज्यानलाई बिकिनी सुहाउँदैन’ उनले भनिन्, ‘तर अहिले मेरो ज्यान बिकिनीलाई सुहाउँदो भएको छ

%d bloggers like this: