Thu. Mar 28th, 2024

काठमाडौं, १६ माघ । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ का अन्तिम स्पर्धाका लागि छानिएका ५० बालिकाले ‘ट्यालेन्ट सो’ राउण्डअन्तर्गत बिहीबार आ–आफ्ना नानाथरी प्रतिभा प्रस्तुत गरे । नयाँबजारस्थित ड्««्यागन टरिस्ट मार्केट नेपालमा उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, मार्शल आर्टजस्ता विविध कला  देखाएका थिए ।
ट्यालेन्ट सोमा नृत्य निर्देशक हिसिला महर्जन, वाई स्टान्ड डान्स एकेडेमीका नृत्य निर्देशक दीपेन्द्र शाही ठकुरी, गायिका एन्जेला श्रेष्ठ, सिजि. फुड्सका ब्राण्ड म्यानेजर मधुुसुदन गुुप्ता, ड्र«्यागन टरिस्ट मार्केटका सिईओ किशनराज सिंह तथा पत्रकार एमपी सुब्बा सम्मिलित निर्णायक मण्डल रहेको थियो । चर्या नृत्य विशेषज्ञ चन्द्रमान मुनिकार तथा नृत्य निर्देशक मंगलादेवी महर्जन कल्चरल सोका निर्णायक रहेका थिए ।
प्रतियोगिताको विजेतालाई १५ हजार रुपैयाका साथमा आंकुरा फाउण्डेशनद्वारा बालबालिका तथा वातावरण सद्भावना दुत घोषणा गर्ने जनाइएको छ । त्यस्तै द्वितीय र तृतीयलाई क्रमशः १० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अन्तिम स्पर्धा १८ माघमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न हुने संस्थाका कार्यकारी अध्यक्ष रामेश्वर श्रेष्ठले बताए ।
2

3

4

%d bloggers like this: