Fri. Apr 26th, 2024

काठमाडौं, १६ माघ । नयाँ बर्षलाई लक्षित गर्दै नेपाली चलचित्र ‘नाई नभन्नु ल–२’ रिलिज हुने भएको छ । यो चलचित्र २८ चैतमा २८ रिलिज हुने निर्माणपक्षले जनाएको छ । चलचित्रको ‘यी आँखामा तिमी छौं’ गीत सार्वजनिक कार्यक्रममा निर्माणपक्षले सो जानकारी गराइएको हो ।
बसन्त सापकोटाको संगीत र कृष्णहरी बरालको शब्द रहेको सो गीतमा प्रेम परियारले स्वर दिएको विकास आचार्य निर्देशित यस चलचित्रमा अनुभव रेग्मी र सुज्ञानी भट्टराई मुख्य भूमिकामा देखिनेछन् । युवाप्रेम र राष्ट्रप्रेमका आधारित ‘नाइ नभन्नु ल–२’ ले दर्शकको मन जित्ने निर्माणपक्षको  विश्वास छ ।
चलचित्रमा अनुभव र सुज्ञानीको साथमा सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेललगायतको मुख्य भूमिका छ । चलचित्रको निर्माण आचार्य र दिनेशकुमार पोखरेलले गरेका हुन् ।

%d bloggers like this: