Thu. Apr 25th, 2024

काठमाडौं, १५ माघ । चलचित्र ‘प्रोड्युसर’ देशका ६५ भन्दा बढी पर्दामा बिहीवार नै सोलो प्रदर्शन हुँदैछ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’लाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्माता राजकुमारले भने, ‘प्रोड्युसर कुनै शिक्षा प्रदान गर्न नभई मनोरञ्जनका लागि निर्माण गरिएको हो । त्यसैले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्छ भन्नेमा ढुक्क छु ।’
त्यस्तै, ‘प्रोड्युसर’ का प्रस्तुतकर्ता ज्योतिराजले चलचित्र एक प्रोड्युसरकै कथा वरीपरी रहेको भन्दै नेपाली चलचित्र क्षेत्रकै यर्थात चित्रण भएको बताए । उनले भने, ‘चलचित्र क्षेत्रमा निर्माताले बेहोर्नु परेको समस्यालाई प्रोड्युसरमा उतारेका छौं ।’ चलचित्रका कार्यकारी निर्माता केशव अधिकारीको भने उपस्थित थिएन ।
‘प्रोडेयुसर’को प्रमोसनकै लागि पोखराबाट राजधानी आएकी नायिका श्वेता भट्टराईले चलचित्रबाट आफू आशावादी रहेको बताइन् । प्रोडेयुसरपछि गृहनगर पोखरामै बस्दै आएकी श्वेताले भनिन्, ‘प्रोड्युसर सबै वर्गका दर्शकका लागि बनेको छ । चलचित्र हेरेपछि दर्शकले मनोरञ्जन लिन सक्छन् भन्नेमा विश्वस्त छु ।’
‘प्रोड्युसर’ ज्योतिराजको महत्वकांक्षी चलचित्र हो । उनी ‘प्रोड्युसर’ बाट आशावादी छन् । चलचित्रमा यथार्थमै हिरो हुनका लागि झन्डै वीस वर्ष कुरेका श्याम अर्याल फिल्ममा पनि उस्तै पात्रको भूमिका छन् । त्यति मात्रै होइन, फिल्म डिस्ट्रीबयुटर गोपाल कायस्थ डिस्ट्रीबयुटर र फोटोग्राफर राजभाई सुवाल फोटोग्राफरकै भूमिकामा देखिनेछन् ।  श्वेता भट्टराई, बाबु बोगटी, विल्सनविक्रम राई, श्याम राईलगायतको मुख्य अभिनय छ ।

%d bloggers like this: