Thu. Apr 18th, 2024

काठमाडौं, १५ माघ । नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यसहित सातौ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला आयोजनाबारे  जनाएको हो ।
१४ फागुनदेखि २३ सम्म चल्ने सांस्कृतिक मेलामा नेपाल, जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बंगलादेश, इजरायललगायत ११ देशका विभिन्न सांस्कृतिक समुहका ३ सय भन्दा बढी कलाकारले भाग लिने आयोजकले जनाएको छ । मेला काठमाडौको प्रज्ञा प्रतिष्ठानबाट सुरु भई हेटौंडा, पोखरा, घादिङ हुँदै राजधानीमा समापन हुने जनाइएको छ ।
आयोजक संस्थामा अध्यक्ष रामचन्द्र कोइरालाले नेपाली लोक सांस्कृतिको प्रवद्र्धनका लागि मेल गर्न लागेको बताए । यसअघि पनि कल्चर गु्रपले मेला गरिसकेको छ । अध्यक्ष कोइरालाले भने, ‘नेपालले आफुलाई विश्व समुदायसामु प्रस्तुत गर्न थालेको भए पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहन सक्ने सम्भावना भएकाले मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्ने उद्देश्यले मेलाको थालनी गरेका हौ ।’
‘पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक सस्कृतिको आधार’ भन्ने नारासहित आयोजना हुन गइरहेको मेलाले नेपालको पर्यटन र संस्कृति प्रबद्र्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आयोजकले विश्वास लिएको छ ।
संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डजस्ता सम्बन्धित सरकारी नियकायले यस्ता कार्यक्रम गर्नुपर्ने भए पनि वास्ता नगरेकाले निजी क्षेत्रबाट प्रयास गरिएको कोइरालाले बताए । उनले सरकारलाई आफ्नो उद्देश्यमा सहयोग गर्नसमेत आग्रह गरे ।

%d bloggers like this: