Thu. Mar 28th, 2024

काठमाडौं, १५ माघ । ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड’ साता दिन सरेको छ । यसअघि २१ माघमा हुने भनिएको अवार्ड अब २९ गते वितरण गरिने भएको छ । उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजक संस्था स्टार एफएमले सो जानकारी गराएको हो । मनोनीत कलाकारलाई मंगलबार राजधानीमा एक समारोहबीच प्रमाण पत्र वितरण गरिएको छ ।
स्टार एफएमले पहिलोपटक म्युजिक अवार्ड गर्न लागेको हो । स्रष्टाको सम्मान र नेपाली संगीतको उत्थान भन्ने उद्देश्यले अवार्डको थालनी गरेको आयोजक संस्थाका कार्यकारी अध्यक्ष प्रदीप उदयले जानकारी गराएका छन् । कार्यक्रममा नेपाली संगीत क्षेत्रका अधिकांश कलाकार सहभागी थिए । उत्कृष्ट गायक, गायिका, एल्बम, लोक गीतलगायत २२ विधामा अवार्ड  प्रदान गरिन लागेको ब्लु डाइमण्ड स्टार अवार्ड समारोहमा बरिष्ठ गायक प्रेमध्वज प्रदानलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिँदैछ ।

कार्यक्रमको केही तस्बिर

6

5

3

7

4

%d bloggers like this: