Thu. Apr 25th, 2024

काठमाडौं, माघ १५ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुँदै आएको मिस मंगोल नेपालको नयाँ संस्करण सुरुभएको छ । नेपाली सौन्दर्य प्रतियोगीतामा सबभन्दा बढी एक लाख रुपैयाँ पुरस्कार राशी रहेको मिस मंगोल नेपाल २०१४ मा सहभागी हुन चाहनेले एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगर वा कम्पनीको आधिकारिक वेबसाइट www.missmangolnepal.com.npबाट आवेदन फारम लिन सक्ने व्यावस्था गरिएको छ । १६ देखी २४ वर्ष उमेर समुहका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका मंगोल समुदायका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिन पाउने छन् ।
सुन्दरता, बौद्धिकता र संस्कृतीबीच फ्युजनका रुपमा लिइएको मिस मंगोल नेपालका लागि आवेदन दिनमध्ये पहिलो चरणको छनोट (अडिसन) उत्र्रिण गर्ने युवतीलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । प्रतियोगीलाई प्रतियोगीतासँग सम्बन्धित विभिन्न विषयमा एक महिना प्रशिक्षण दिइने छ । यस क्रममा प्रतिभा प्रस्फुटन, आत्माविश्वासमा अभिवृद्धि, आफुमा भएको क्षमता प्रदर्शनदेखी आफ्नो मौलिक कला, संस्कृती, भाषा, भेषभुषा आदिका बारेमा जानकारीमुलक कक्षा समेत दिइने छ ।
मौलिक कला र संस्कृतीको प्रवद्र्धनका लागि जातीय सौन्दर्य प्रतियोगीताको लहर चलेकाले कुनै जाती विशेष सौन्दर्य प्रतियोगीताका विजेता मिस मंगोल नेपालमा सहभागी हुन चाहेमा अडिसन विनै अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ । मिस मंगोल प्रतियोगितामा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धामा प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइँदै आएको छ । हरेक क्षेत्र जनताको मत र चाहना अनुसार चल्ने यस युगमा मिस मंगोल छनोटमा पनि लाखौं नेपालीलाई प्रत्यक्ष सहभागी गराउन एसएमएस भोटिङलाई २५ प्रतिसत मान्यता दिइएको हो ।
मिस मंगोल नेपाल २०१३ का विजेता मुस्कान लिम्बु, फस्ट रनरअप वाणी राई र सेकेन्ड रनरअप सोनु श्रेष्ठले संयुत्त रुपमा सञ्चालन गरेको अभियान पोजेटिभ स्टेपमार्फत ताप्लेजुङको मेहेले गाविसस्थित किरात राई स्कुलका लागि भवन निर्माण गरी उदाहरणीय काम गरेका छन । तीन कोठे भवन निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । सम्भवत नेपाली सौन्दर्य प्रतियोगीताका विजेताले समुदायको हितमा सञ्चालन गरेको यो सबभन्दा ठुलो अभियान हो । यसले सौन्दर्य प्रतियोगीताको गरिमालाई अझ उचाईमा प¥याई दिएको छ ।
प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिकलगायतका विभिन्न उपाधीहरु पनि प्रदान गरिने छ । मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिष्पर्धा आगामी चैत २२ गते काठमाडौंमा हुनेछ । सन् २००९ देखी सुरु भएको मिस मंगोलको यो छैटौ संस्करण हो । यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका र मुस्कान लिम्बुले मिस मंगोल नेपालको ताज चुमिसकेका छन् ।

%d bloggers like this: