Sat. Apr 27th, 2024

‘खोई त मेरो झम्के बुलाकी’ नेपाली संगीतका पारखीले यो गीत नसुन्ने कुरै भएन । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउतले गाएको यो गीतले बजार पिटेको छ । त्यसैले आस्थालाई भेट्नेबित्तिकै धेरैले जिस्क्याउँथे, ‘खोई त मेरो झुम्के बुलाकी ?’ मंगलवार एक कार्यक्रममा भने आस्था साँच्चिकै झम्के बुलाकी होइन, ‘खोइ त मेरो झुम्का ?’ भन्दै थिइन् । यो आस्थाको नयाँ गीत होइन, उनले कानमा लाएको झुम्का हराएपछि खोजेकी हुन् । राजधानीमा आयोजित ब्लु डाइमन्ड स्टार एफएम म्युजिक अवार्डको नोमिनेशनमा परेकाहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा आस्थाले ‘खोइ त मेरो झुम्के बुलाकी ठाउँमा झुम्का ?’ भन्नुपरेको हो । कोरियाबाट ल्याएको महंगो र उनलाई सबैभन्दा प्रिय लाग्ने उक्त झुम्का हराएको हो । अब गाउँदा खोइत मेरो झुम्के बुलाकी होइन, झुम्का भनेर गाउने कि ?

%d bloggers like this: