Fri. Apr 19th, 2024

काठमाडौं, माघ १५ । फिल्म ‘चियर्स’ को रिलिज मिति  सरेको छ । अब  फागुन २३ गतेदेखि प्रदर्शनमा आउने पक्का भएको निर्माण युनिटले जनाएको छ । कमेडी बेशमा निर्माण गरिएको ‘चियर्स’ ले प्राविधिक कारण देखाउँदै रिलिज मिति सारेका हो । फिल्ममा भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, क्रिस्टी पौडेल, महिमा सिलवाललगायतले अभिनय गरेका छन् । फिल्मलाई पवन गौतमले निर्देशन गरेका छन् । फिल्ममा तीन युवाको संघर्षको कथालाई प्रस्तुत गरिएको छ ।

%d bloggers like this: