Wed. Apr 24th, 2024

काठमाडौं, १३ माघ । कुनै समय अभिनेता भुुवन केसी गसिपका खुराक बन्थे तर केही सयमयता भुवनको स्थान छविराज ओझाले लिएका छन् । अभिनेत्री रेखा थापासँग अलग भएयता निर्माता तथा चलचित्र वितरक छविराजलाई निरन्तर गसिपले पछ्याको पछ्यै छ ।
छविराज आफ्नो चलचित्र ‘लोफर’ ताका रजनी केसीसँग जोडिएर गसिपमा छाए । अहिले उनी लज्जा’ की अभिनेत्री शिल्पा पोखरेलसँग छाइरहेका छन् । गसिपका शिल्पकारहरुले शिल्पालाई छविराजले ‘बिवाह प्रस्ताव’ राखे भन्न भ्याए तर वास्तविकता अर्कै रहेछ । यो कुरा मनोरञ्जन संसारलाई पनि थाहा थिएन । शिल्पाले छविराजलाई आफ्नो बाबु समान भनेकी छन् । हाल विराटनगरमा रहेकी शिल्पाले मनोरञ्जन संसारसँग सोमबार बेलुकी कुरा गर्दै भनिन्, ‘छविराज सर मेरो बाबु समान मात्र नभई हजुरबा समान हुन् । त्यस्तो व्यक्तिले बिहेको प्रस्ताव राख्यो भन्ने सुन्दा मलाई नै आश्चार्य लाग्यो । पत्याउनेले पनि पत्याउन मश्किल गसिप लाग्यो ।’
छविराजले शिल्पालाई आफ्नो चलचित्र ‘लज्जा’ मार्फत हिरोइनमा डेब्यु गर्दैछन् । त्यसैले पनि उनीमाथि शंकाका आँखा गाडिने गरिएको छ । यो सामान्य पनि हो जो चलचित्र क्षेत्रमा भइरहेकै छ । तर छविराज सयंमले पनि शिल्पालाई बिहे प्रस्ताव ग¥यो भन्ने गसिप समाचारलाई खण्डन गरेका छन् ।
छविराजले सोमबार बेलुकी मनोरञ्जन संसारसँग कुरा गर्दै भनिन्, ‘शिल्पालाई बिहे प्रस्ताव राख्यो भन्ने हावा गसिप हो । गसिप भनेको थोरै वास्तविकतालाई बढाईचाढाई दिइने समाचार हो ।’ उनका अनुसार शिल्पालाई जिस्क्याएकै भरमा त्यो गसिप बन्यो । ‘कुरा शनिबारको हो’ छविराजले मनोरञ्जन संसारसँग भने, ‘शनिबार हामी स्टार एफएमको कार्यालयमा थियौं, त्यहाँ मैले शिल्पालाई जिस्क्याउँदै भनेको थिए, ‘लोफर आउँदा रजनीसँग मेरो बिहे भयो अब लज्जामा शिल्पासँग हुँदैछ । यसैलाई गसिप बनाइयो ।’

%d bloggers like this: