Sat. Apr 27th, 2024

काठमाडौं, १२ माघ । करिब एक दशकयता लण्डन बस्दै आएकी गायिका याना लिम्बू बैवाहिक जीवनमा बाँधिएकी छन् । दुई वर्षदेखि फिनल्याण्ड बस्दै आएका राजु लिम्बुलाई यानाले जीवनसाथीका रुपमा अँगालेकी हुन् । हालै गायिका याना र राजुले फिनल्याण्डमै एक औपचारिक समारोहका बीच बैवाहिक लगनगाँठो कसेका हुन् ।
गायिका यानाले ‘अलविदा’ नामक आधुनिक एल्बम श्रोतामाझ ल्याएपछि लण्डन गएकी हुन् । यसबीचमा उनले करिब दर्जन गीतमा स्वर दिएकी छन् । केही वर्षयता जर्मन, पेरिस र लयडनमा इभेन्ट गर्दै आएकी यानाले आफू बैवाहिक जीवनमा बाँधिएको जानकारी गराउँदै मनोरञ्जन संसारसँग टेलिफोनमा भनिन्, ‘म पुन सांगीतिक क्षेत्रमा फकिँदैछु ।’
अहिले एल्बमको लागि तयारी गरिरहेको र चाँडै नेपाल आएर सार्वजनिक गर्ने यानाले सुनाइन् । यानाले भनिन्, ‘नेपाल आउनुअघि लण्डनमा सांगीतिक कार्यक्रम अर्गनाइज गर्दैछु । त्यसपछि नेपाल आउने छु ।’ यानाले लामो समय रेडियो जंकीमा रुपमा समेत अनुभव संगालेकी छन् । उनी लण्डन जानुअघिसक्क टाइम्स एमएमका कार्यक्रम चलाउँथिइन् ।
याना हाल लण्डनमै बस्दै आएकी भए पनि राजु भने पिनल्याण्डमै बस्छन् । उनी त्यहाँ अध्ययनको सिलसिलामा पुगेका हुन् तर अहिले राजु अध्ययनसँगै व्यापार गर्दै आएका छन् ।

बिहेका केही झलक तथा अन्य तस्बिरहरु

yana 4

yana 1

yana 7

yana 2

%d bloggers like this: