Thu. Mar 28th, 2024

काठमाडौ, १२ माघ । बाबुको निधन भएको डेढ महिना नबित्दै भावना रेग्मीले बिवाह गरेकी छन् । करिब डेढ महिनाअघि निधन भएका निर्देशक शिव रेग्मीकी छोरी भावनाले १० माघमा बिवाह गरेकी छिन् । चलचित्र ‘सो सिम्पल’मार्फत हिरोइन बनेकी भावनाले बाबुको निधनपछि एक वर्ष नुपुग्दै बिहे गरेपछि उनको बिवाहका कुराले अनलाइन न्युज पोर्टलहरु रंगीएका छन् तर भावनाले आफ्ना स्व.पिताकै चाहनाअनुरुप विवाह गरेकी बताइन्छ ।
निर्देशक रेग्मीले आफूजस्तो भए पनि बाँचुञ्जेल ‘छोरीको माघमा बिहे गरिदिनु’ भनेकाले भावनाको बिवाह गरिएको रेग्मी निकट स्रोतको भनाइ छ । रेग्मी परिवार निकट अभिनेता बिरेन श्रेष्ठका अनुसार भावनाको घर नजिकैको मन्दिरमा मावलीले कन्यादान गरिदिएका हुन् । श्रेष्ठद्वारा निर्मित तथा रेग्मी निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’ रिलिज हुन बाँकी छ ।
बिरेनका अनुसार बिहे सामान्य रुपमा सम्पन्न भएको थियो । जहाँ स्व. निर्देशक रेग्मीका अत्यन्त निकट मानिने फिल्मकर्मी सहभागी थिए । विवाहमा स्व. निर्देशक रेग्मीको पत्नी भाववीहल देखिएकी थिइन् । उनी छोरीको वैवाहिक विधिमा सहभागी भइनन् । समाचार स्रोतका अनुसार भावनाको बिहेको कुरा गत बर्ष नै रेग्मीले छिनोफानो गरेका थिए । भावना पेशाले नर्स हुन् ।

%d bloggers like this: