Mon. Apr 29th, 2024

काठमाडौं, १२ माघ । केही साताअघि अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले माथिल्लो अंग माछाले मात्र छोपेर गरेको फोटोसुटले अहिले पनि चर्चामा छ तर शुभेच्छाको अंग ढाक्ने त्यो माछाबारे धैरैलार्य थाहा नहुनुसक्छ । माछासँग खिचाएको सो फोटोको चर्चैचर्चामा शुभेच्छाले बलिउड अभिनेत्री शर्लिन चोपडाको कन्सेप्ट कपि गरिन् भन्ने आरोप पनि खेपिन् ।
वास्तवमा त्यो माछा कहाँबाट ल्याइएको थियो र कति केजीको थियो त ? फोटोसुट गरेको करिब तीन सातापछि शुभेच्छाले उक्त माछाको तौल खुलासा गरेकी छन् । मनोरञ्जन संसार डटकमसँग कुरा गर्दै शुभेच्छाले भनिन्, ‘त्यो माछा ४ केजीको थियो ।’ उनले त्यो माछा फोटोसुट गरिसकेपछि घरमै लगेकी बताइन् । ‘माछा घरमै लगें’ मनोरञ्जन संसारलाई शुभेच्छाले भनिन्, ‘त्यो माछाले बिहान बेलकीलाग्इ तरकारी  पुग्यो ।’ अर्को कुरा त्यो माछा जनकपुरे थियो तैपनि खिचापोखरीबाट ल्याइएको थियो । फोटोसुटका लागि माछाको व्यवस्थापन फोटोग्राफरले गरेकोे हो ।
शुभेच्छाले शर्लिनको कन्सेप्ट कपि गरेको पनि स्वीकारिन् । उनले भनिन्, ‘म शर्लिनको त्यो पोजबाट प्रभावित भएँ, त्यसैले कन्सेप्ट सापटी लिएकी हुँ । राम्रो कुराको कपि गर्नु नराम्रो होइन ।’ साथै, कलाकारिता सुरु गरेको करिब डेढ दशकपछि हट फोटोसुट गरेकोमा समेत शुभेच्छा आलोचनाको पात्र बनिन् । तर उनलाई आलोचनाले कुनै प्रभाव पारेन बरु चर्चामा आउन सफल भएकामा उनी दंग छिन् । शुभेच्छाको भनाइमा ग्ल्यामरसलाई उमेरले छेक्दैन । उनले भनिन्, ‘म अझै  पनि २२ वर्षकी युवती जस्तै देखिन्छु । ग्ल्यामरसको मर्म नबुझनेले आलोचना गरेका हुन् ।’ हिजोआज आफ्नो चलचित्र ‘द मिस नेपाल’ को प्रमोसनमा रहेकी शुभेच्छा केही दिनका लागि बंगाली भाषाको चलचित्र ‘स्वर्ण मुद्रा’ को सुटिङका लागि भारतको नागपुर जाँदैछिन् । शुभेच्छाले १० दिनका लागि १४ फ्रेबुअरीमा नागपुर जान लागेकी सुनाइन् ।

suvechha

suvechha thapa

%d bloggers like this: