Fri. Apr 26th, 2024

मुम्बई, १० माघ (एजेन्सी) । बलिउड अभिनेता सलमान खानका पछिल्लो महत्वकांक्षी फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज भएको छ । महिना दिनयता फिल्म प्रमोसनमा सलमान मिहिनेत गरिहेका छन् । सार्वजनिक प्रदर्शनको पूर्वसन्ध्यामा ‘जय हो’  स्पेशल स्क्रिनिङ गरिएको छ ।
स्पेशल स्क्रिनिङमा सलमानलगायतका फिल्मका अधिकांश मुख्य कलाकार थिए । फिल्मकी मुख्य हिरोइन डेजी शाह पहेंलो रंगको पहिरनमा थिइन् । सलमान र डेजी कार्यक्रममा एक्साइटेड देखिएका थिए । कार्यक्रममा बलिउडका अधिकांश हस्ती थिए । ऐली अवराम, सना खान, अश्मित पटेल, रितेश देशमुख र जेनेलिया डी सूजÞा पनि कार्यक्रममा सहभागी थिए ।
2

37

1 4

%d bloggers like this: