Fri. Apr 26th, 2024

मुम्बई, ९ माघ  । बलिउडका ‘दबंग स्टार’ सलमान खानले आफ्नो फिल्ममार्फत थुप्रै हिरोइनको करिअर बनाइदिएका छन् तर उनी आफू कसैको ‘गडफादर’ नभएको बताउँछन् । सलमानको महत्वकांक्षी फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज हुँदैछ । यस फिल्ममा सना खान र डेजी शाह हिरोइनका रुपमा देखिँँदैछन् ।  यी दबंग हिरो भन्छन्, ‘म सबैलाई उस्तै माया गर्छु, जसले बलिउडलाई माया गर्छ ।’
सलमानले भाग्यश्री, रवीना टन्डन, नग्मा, रेवती, शीवा, चाँदनी, भूमिका चावला, स्नेहा उल्लाल, जरीन खान र सोनाक्षी सिन्हा, कट्रिना कैफजस्ता हिरोइनलाई बलिउडमा करिअर बनाइदिएका छन् । अब डेजी र सनाले पनि ‘जय हो’ मार्फत बलिउडमा करिअर सुनिश्चित सम्भावना छ ।
सलमानका अनुसार चर्चित कलाकार बढी व्यस्त छन् । त्यसको विकल्प अनुरुप नयाँ कलाकारलाई अवसर दिएका हुन् । सलमान भन्छन्, ‘पुराना र चलेका कलाकारको समय पाउनै गाह्रो छ । यसमा म के नै गर्न सक्छु र ? जसको प्रतिभा छ, उसलाई म मौका दिन्छु ।’
सोहेल खान निर्देशित फिल्म ‘जय हो’ मा सलमान खान र डेजीका  अलावा तब्बू, सना खान, डैनी र सुनील शेट्टीको मुख्य अभिनय छ । ‘जय हो’ सन् २००६ ान प्रदर्शित चिरन्जीवीको तेलगु फिल्म ‘स्टोलिन’ को रिमेक हो ।

%d bloggers like this: