Fri. Mar 29th, 2024

काठमाडौं, माघ ९ । अभिनेता जीवन लुइटेल प्राविधिक क्षेत्रमा अघि देखिएका छन् । उनले बिहीवार आफ्नोबारे सम्पूर्ण जानकारी समेटिएको मोबाइल एप्स सार्वजनिक गर्दै प्रविधिसँग अपडेट रहेको प्रमाण पेश गरे । राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा उनले पत्रकार सम्मेलन गरी उक्त एप्स सार्वजनिक गरेका हुन् ।
दुई वर्षअघिदेखि जीवनलुइटेल डटकम नामक आफ्नै वेवसाइट चलाइरहेका उनले एप्सका रुपमा विस्तार गरेका हुन् । आफ्नो मोबाइल एप्स सार्वजनिक गर्दै जीवनले भने, ‘अहिले प्रविधिको जमाना छ, मोबाइलबाटै धेरै कुरा जान्न सकिन्छ । मेराबारे जान्न चाहनेका लागि सहज होस् भनेर एप्स बनाएको हुँ ।’
एप्सलाई आफ्नो डिजिटल बायोडाटाको संज्ञा दिँदै आफूबारे बुझन चाहनेका लागि सहज हुने बताए । एप्समा उनले आफूले खेलेका फिल्म, महत्वपूर्ण तस्बिरलगायत राखेका छन् । तत्कालका लागि एन्ड्रोइड सिस्टममा मात्रै डाउनलोड गर्ने मिल्ने एप्सलाई केही महिनाको परीक्षणपश्चात आइओएस प्रविधिमा पनि डाउनलोड गर्न मिल्ने बनाउने बताए । http://www.jiwanluitel.com/

%d bloggers like this: