Fri. Apr 26th, 2024

काठमाडौं, माघ ९ । अति दुःखमा आँशु खस्छन् र र अति सुखमा पनि । तर, विहीवार बिहान धेरैजनाले एकैचोटी दुःखका आँशु, खुशीका खित्का छाड्ने अवसर पाए । प्रसंग हो, फिल्म मोक्षको च्यारिटी शो को । फिल्मकर्मी र पत्रकामाझ गरिएको उक्त शोमा हाफटाइमअघि धेरै हाँस्दै बाहिरिए। हाफटाइमपछि भने आँशुले परेली भिजाएर आए । धेरैको सामूहिक प्रतिक्रिया थियो, कतिबेला आँशु आयो र फिल्म सकियो पत्तै भएन ।
स्पाइनल कड इन्जुरी भएका प्रविन श्रेष्ठले निर्देशन गरेको फिल्म ‘मोक्ष’ले दर्शकलाई खुशी पारेको थियो । भिडियो इडिटर, म्युजिक भिडियो निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेको प्रविनले आफ्नै कहानीमा फिल्म निर्देशन गरेका हुन् । सुनिल मानन्धरले निर्माण गरेको फिल्ममा कोशिश क्षेत्री, वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट र दुर्गा बराईली लगायतले अभिनय गरेका छन् । फिल्म माघ २४मा रिलिज हुँदैछ ।

%d bloggers like this: