Mon. Sep 26th, 2022

अमेरिकी राज्य न्यू मेक्सिकोकी एक महिलाले अनौठो हर्कत प्रदर्शन गरेकी छिन् । ब्वाइफ्रन्डसँग वादविवाद चल्न थालेपछि योनीमा लुकाएर राखेको ह्यान्डगन झिकेर उनले ब्वाइफ्रेन्डलाई तेर्साएकी थिइन् । अकस्मात् आफूतर्फ पिस्टोल सोझिएपछि ब्वाइफ्रेन्ड भयभीत र चकित भएका थिए ।
जेनिफर म्याक्कार्थी नाम गरेकी ४८ वर्षीया महिलाले आफ्ना ५३ वर्षीय ब्वाइफ्रेन्डलाई यसरी पिस्टोल तेर्साएकी हुन् । एलियनका विषयमा उनीहरूबीच विवाद भएको थियो । ‘विवादले उग्र रूप लिन थाल्यो,’ प्रहरी भनेको छ, ‘जेनिफरले योनीमा ह्यान्डगन लुकाएकी रै’छिन् । गन निकालेर उनले ब्वाइफ्रेन्डतर्फ तेर्साइन् । बन्दुक तेर्सिएपछि डराएका ब्वाइफ्रेन्डले हत्तपत्त बन्दुक खोसेछन् र दौडँदै नजिकैको ट्वाइलेटमा लगेर फालिदिएछन् ।’