Tue. Apr 23rd, 2024

काठमाडौं, माघ ८ । लोक गायक तथा चर्चित म्युजिक एरेञ्जर विनोद बाजुरालीको नयाँ लोकदोहोरी गीत ‘मुखमा राम राम’ बजारमा आएको छ । बाजुरालीकै शब्द, संगीत र स्वर रहेको गीतमा महिला आवाज विष्णु माझीले भरेकी छिन् । ‘मुखमा राम राम जपी पेटमा छुरा हान्दन म, माया नाप्ने यन्त्र भए देखाइदिन्थें नापेर, कोइकोइले झैं बाह्र सत्ताइस कुरा जान्दिनँ म’ भन्ने शब्द रहेको गीत रिलिजको छोटो समयमैं राम्रो सिआरबिटी र पिआरबिटीको डाउनलोड भएको उनले बताए । लोकदोहोरीमा चल्तिका एरेञ्जर उनको स्वरमा रहेका ‘रुदै रुँदै जान्छु मेलामा’, ‘भीरको घाँस काट्न सक्छ्यौ र’लगायतका गीत लोकप्रिय छन् ।
उनको नयाँ गीत यस्तो छः

केटीः शंका गर्ने नगर्नु कष्ठ,
म त मान्छे स्वच्छ र स्पष्ट
मुखमा राम राम जपी पेटमा छुरा हान्दिन म,
माया नाप्ने यन्त्र भए देखाईदिन्थे नापेर,
कोई कोई ले झैं बाह्र सत्ताईस कुरा जान्दिन म ।
केटाःकञ्चन माया निःस्वार्थी दिल छ ।
व्यर्थै आरोप लाएर के मिल्छ?
मुखमा राम राम जपी पेटमा छुरा हान्दिन म,
माया नाप्ने यन्त्र भए देखाईदिन्थे नापेर,
कोई कोई ले झैं बाह्र सत्ताईस कुरा जान्दिन म ।
सिआरबिटीः 0160025606
पीआरबिटीः 60533358

%d bloggers like this: