Fri. Mar 29th, 2024

मुम्बई, ८ माघ (एजेन्सी) । यो कुरा धेरैलाई थाहा नहुन सक्छ, बलिउड अभिनेत्री प्रियंका चोपडालाई अधिकांश अमेरिकी नागरिकले अरब आतंकवादीका रुपमा लिन्छन् । प्रियंकाले हालै एक इन्टर भ्युमा यसको खुलासा गरेकी हुन् ।
प्रियंकाले अमेरिकामा सेप्टेम्बर २०१३ को फुटवल खेलमा आफ्नो गीत ‘इन माई सिटी’ प्रस्तुत गरेपछि हजारौं मेल पाएकी थिइन् । उक्त मेलमा उनलाई ‘प्रियंका एक अरब आतंकवादी जस्तै हुन्’ भिनएको थियो । इमेलमा यस्तो पनि भनिएको थियो, ‘तिम्रो अमेरिका कुनै काम छैन । अमेरिकाको टीभीबाट टाडा रहनु ।’ प्रियंकाले चर्चाका लागि अन्तवार्तामा सो कठिन मोडको सामना गरेकी थिइन् । आफ्नो पक्षमा हजारौं दर्शक भएकाले पनि प्रियंका उक्त धम्कीबाट नढग्मगाएको बताइन्छ ।

%d bloggers like this: