Sat. Apr 20th, 2024

काठमाडौ, माघ ८ । लोकगायिका सुनिता दुलाल बेलाबखत सामाजिक कर्ममा पनि सरिक हुन्छिन् । यतिबेला भने सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षका युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन लागिपरेकी छिन् । १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पून ः प्रत्यारोपण गर्नु पर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोल प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन् । उनले आफ्नो फ्यान पेज, सोसियल नेटवर्क र अन्य सम्पर्कमार्फत सहयोगका लागि अपिल गरेकी छिन् । उनी भन्छिन्, ‘सेवा नै धर्म हो, देश बिदेशमा रहनु भएका मेरा साथि, आफन्त र शुभ चिन्तकहरुसँग सुमन भाइलाई सहयोग गरिदिन अनुरोध गर्दछु ।’ धेरैजनाको सानो सहयोगले एउटा युवाको अमूल्य जीवन जोगिन सक्ने भन्दै सहयोगका लागि अपिल गरेकी छिन् । सहयोग गर्न चाहानेले उनको Kumari Bank, Putalisadak Branch को खाता नम्बर 0117524045160017 A/C Holder Sunita Dulal मा Remittance वा Deposit गर्न सक्नु हुनेछ । यदि पैसा पठाउन झन्झटिलो भएमा जुन देशमा हो त्यही देशको प्रतिनिधीलाई पैसा बुझाउन सक्ने बताइएको छ । विस्तृत बुझ्न का लागि फ्यान पेजमा म्यासेज गर्न सकिने बताएकी छिन् । सहयोगदाताहरुको नाम र सहयोग रकम प्रत्येक हप्ता www.sunitadulal.com , www.manoranjansansar.com र अन्य मिडियामार्फत सार्वजनिक गरिने छ । आगामि फाल्गुण १० गते भित्र उठेको रकम एकमुष्ठ सुमन श्रेष्ठको परिवारलाइ पत्रकारहरुको रहोबरमा हस्तान्तरण गरिने सुनिताले बताएकी छिन् ।

%d bloggers like this: