Thu. Apr 25th, 2024

काठमाडौं, ६ माघ । निशानी कसलाई हो ? त्यो चलचित्र प्रदर्शनपछि थाहा होला तर अहिलेसम्म प्रदर्शनको मिति तय भइसकेको छैन । बीर गोर्खाली अर्थात लाहुरेको निशानी गाथा बोकेको चलचित्र ‘निशानी’ सार्वजनिक प्रदर्शन गर्न अगावै विभिन्न सहरमा च्यारिटी गर्ने निर्माणपक्षको योजना छ ।
विनोद सेरेङ निर्देशित ‘निशानी’ केही दिनअघि भक्तपुरस्थित बाराही मूभीमा च्यारिटी शो गरिएको थियो । उक्त शोमा ‘निशानी’ दर्शकको निशानीमा पर्न सफल भएको निर्देशक सेरेङको दावी छ । चाँडै धरान, झापालगायतका स्थानमा च्यारिटी शो हुने निर्माता÷प्रस्तुतकर्ता एवं कलाकार प्रेम सुब्बाले बताए । उनका अनुसार झापाको बेलबारीमा याक्थुङ चुम्लुङ नगर कमिटीको सहयोगार्थ १४ माघमा च्यारिटी गर्न लागिएको छ ।
त्यस्तै धरानमा २६ माघमा याक्थुङ सांस्कृतिक परिषद धरानको सहयोगार्थ ‘निशानी’ च्यारिटी गर्न लागिएको प्रेमले बताए । चलचित्र ‘निशानी’ मा सरोज भण्डारी र ललिता धौबडेल सेरेङको संयुक्त लगानी छ । चलचित्रमा पल्टने लाहुरेको कथा एवं व्याथालाई चित्रण गरिएको छ । विशेषगरी कारगिल खलवार युद्धमा गोरखालीले कसरी वीरगति प्राप्त गरे ? भन्ने चलचित्रले चित्रण गरेको निर्देशक सेरेङले बताए ।
‘निशानी’ पुर्वको इलामको कन्याम र पश्चिमको घले गाऊलगायत भारतको दर्जिलिङ र सिक्किममा छायांकन गरिएको हो । यस चलचित्रमा इण्डियन आइडल प्रशान्त तामाङ पनि देखिँदैछन् । युवराज राईले छायांकन रहेको चलचित्रमा गोविन्द राईको कोरियोग्राफÞी छ भने द्वन्द्व निर्देशन जनक गुरुङले गरेका छन । ‘निशानी’ मा प्रेम सुब्बा, प्रशान्त तामाङ,  जयानन्द लामा, कोपिला थापा, सुरज रानाभाट, विष्णु चेम्जोङलगायतका कलाकारको मुख्य अभिनय छ । यसै चलचित्रमार्फत अनु गुरुङ नायिकाको रुपमा डेब्यु गरेकी छन् ।

nishani 3

%d bloggers like this: