Thu. Apr 25th, 2024

काठमाडौं, माघ ६ । माघ १३ देखि १७ माघसम्म राजधानीमा ‘काठमाण्डु इन्टरनेशनल फिल्म फेस्टिवल–२०१४’ किफ’ आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीको संयोजत्वमा हुन लागेको ‘किफ’मा नेपाललगायत १० देशका १२ चलचित्र देखाइने फेस्टिवलबारे सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराइएको हो ।
फेस्टिवलबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनका सोसाटीका अध्यक्ष कृष्ण मल्लले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना स्थल बनाउने उद्देश्यले फेस्टिवल गर्न लागिएको हो ।’ अन्तर्राष्ट्रियस्तरको फेस्टिवलले नेपाली चलचित्रको प्रवद्र्धन तथा सम्वद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
फेस्टिवलमा नेपाल, भारत, इजरायल, स्पेन, फ्रान्स, नर्वे, दक्षिण अफ्रिकालगायत रुस र दक्षिण कोरियाको एक–एक चलचित्र देखाइने छ ।
नेपाल सोसाइटीको कार्यालय र रुसी सांस्कृृतिक केन्द्र कमल पोखरीमा आयोजना हुने फेस्टिवलको उद्घाटन नेपाली चलचित्र ‘झोला’ प्रदर्शनबाट गरिने छ । फेस्टिवलमा सहभागी विदेशी चलचित्रसँग सम्बन्धित कलाकारको भने उपस्थिति हुने छैन तर सम्बन्धित मुलुकका राजदूतवासको सौजन्य प्राप्त भएको अध्यक्ष मल्लले बताए । फेस्टिवल निर्देशक डा. प्रदीप भट्टराईले भने, ‘फ्स्टिवलमा फिल्म हेर्नेबाहेक अरु केही हुँदैन ।’ रुसी सांस्कृतिक केन्द्रको सहकार्यमा ‘किफ’ हुन लागेको हो ।

%d bloggers like this: