Thu. Mar 28th, 2024

काठमाडौं, माघ ५ ।  अभिनेता शंकर लामिछानेले चर्चित भारतीय गायक गायिकाको आवाजमा हिन्दी गीत संग्रह तयार पारेका छन् । सातवटा गीत संगृहित एल्बम् ‘यादें’मा लामिछानेको एकल शव्द र संगित रहेका छ । केही समयअघि चर्चित भारतीय गायक कैलाश खेरको स्टुडियो ‘कैलशा’मा रेकर्ड भएको गीतमा शान, जावेद अलि, महालक्ष्मी, अमन सिन्हा, आवास जोशी लगायतको आवाजमा गीत रेकर्ड गरिएका छन् । उक्त गएतमध्य शीर्ष गीत ‘यादे’को म्युजिक भिडियो भारतमा नै निमार्ण गरिएको हो । भिडियोमा अन्य कलाकारहरुका साथ स्वयं लामिछानेले पनि अभिनय गरेका छन् यसअघि फिल्म ‘किन लाग्छ माया’मा अभिनय गरेका छन् । बाल कृष्ण समको उपन्यास बोक्सी मा समेत काम गरेका छन् । बोक्सीले सन् २००९ सम्म बनेको डिजिटल फिल्महरुमा एवार्ड समेत प्राप्त गरेको थियो । ‘ए नेपाली हो’ नामक छोटो चलचित्र समेत चर्चामा छ । उनका आधा दर्जन लोक दोहोरी तथा तीजका एल्बमहरु पनि बजारमा आइसकेका छन् ।  शंकर सातवर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्  ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्   http://www.youtube.com/watch?v=1tnz4zHe9Rc

%d bloggers like this: