Fri. Mar 29th, 2024

विएस ठकुरी, नेपालगञ्ज,  पछिल्लो समयमा नेपाली चलचित्रहरु दोस्रो सातामा प्रवेश गर्ने त कुरै छोडौ एक साता पनि राम्ररी चल्ल नसकिरहेको अवस्थामा  पौष २६ गतेवाट प्रर्दशनमा आएका चार चलचित्र मध्ये ‘पराई’ , ‘वितेका पल’ र ‘छ एकान छ’ ले भने पहिलो साताझै हलहरुमा आफ्नो स्थान दोस्रो साता पनि सुरक्षित गरेका छन् । अल नेपालकै व्यापार हेर्ने हो भने तीनै चलचित्रले गरेको व्यापारमा खासै फरक देखिदैन ।
यता प्रचार प्रसार भन्दा पनी माउथ पव्लिसिटिका कारणले  ‘पराई’ र ‘वितेका पल’ ले भने सुरुवातका दिनमा भन्दा हाल दर्शकको राम्रो साथ पाइरहेका छन ।
DSC02567
 
चलचित्र हेरेका दर्शकले पश्चिमका प्राय सवै चलचित्रहलमा यी सिनेमाहरु दोस्रो सातामा प्रवेश गरेका छन । तुल्सिपुर, घोराई, सुर्खेत, नेपालगञ्ज, वर्दिया , धनगढी लगाएतका स्थानमा ‘पराई’लाई दर्शकले राम्रो साथ दिएका छन । चलचित्र हेर्न आउने प्राय दर्शकहरु सिनेमाले रुवाउने वताउछन । नेपालगञ्जको श्रृष्टी चलचित्र भवनमा सिनेमा हेर्न आएका प्राय दर्शकले चलचित्रले राम्रो सन्देश र मनोरञ्जन दिने वताए । हाल चलचित्र पराई पाँच दर्जन भन्दा वढी चलचित्र भवनमा लागेको निर्माता गोविन्द शाहीले वताए ।

%d bloggers like this: