Sat. Oct 26th, 2024

गएको गर्मी मौसमलाई तताउने एकमात्र अभिनेत्री थिइन्, सुमिना घिमिरे । एउटा फिल्म हलबाट उत्रिनै नपाई उनको अर्काे फिल्मकोे पोस्टर टाँसिइसक्थ्यो । त्यतिमात्रै होइन, गरम दृश्यको चरम सीमासम्म पुगेकी थिइन् उनी । हलमा फिल्म लागेको लाग्यै र नयाँ फिल्मको व्यस्तताले सुमिनालाई भ्याई नभ्याई थियो । यो गर्मी मौसमको कुरा थियो, जति बेला उनको करिअर साँच्चै गर्माएको थियो । तर, यति बेला कठ्यांग्रिने चिसो छ, सुमिनाको फिल्म करिअर पनि कठ्यांग्रिएको छ । किनभने, यति बेला न उनका हातमा फिल्म छन्, न रिलिजको खातामा । ‘दुलही’मा सोझी युवतीको भूमिका निर्वाह गरेर फिल्म क्षेत्रमा प्रवेश गरेकी उनको अन्तिम फिल्म ‘स्टार’ भयो । ‘स्टार’मा कथाले मागेजति दिएकी (संवाद र सिन दुवै) थिइन् । तर, त्यही ‘स्टार’ले उनलाई भने ‘स्टार’ बन्न दिएन ।