Fri. Apr 26th, 2024

वासिंगटन, ३ माघ । सुन्दा पत्यार नलाग्ला तर संसारै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी प्रथम मिसेल ओबामाको सम्बन्ध बिग्रेको छ । उनीहरु सम्बन्धविच्छेदको अवस्थामा रहेको अमेरिकी मिडियाले जनाएका छन् ।
अमेरिकी समाचार अनलाइन पोर्टलका नुसार बाराक र मिसेलबीच छिटै सम्बन्धविच्छेद गर्दैछन् तर अहिलेलाई सो कुरा बाहिर नल्याउने सहमति भएको छ । सो समाचारमा बताइएअनुसार बाराकले विभिन्न समयमा नराम्रा काम गरेकाले मिसेलले असन्तुष्ट छिन् ।
१७ जनवरीमा मिसेलले ५०आंै जन्मदिन मनाउँदै छिन् तर सो समारोहमा बाराक ओबामा नहुने समाचारमा बताइएको छ । ‘पहिले मिसेलले ओबामाले उनको जन्मदिनको अवसरमा आयोजना गरेको पार्टीमा नजाने निर्णय गरेकी थिइन्,’ अमेरिकी वेबसाइटमा उल्लेख छ, ‘तर, राष्ट्रको जिम्मेवारीलाई ध्यान गर भनेर बाराकले सम्झाएपछि मिसेल सो पार्टीमा केही समयका लागि जान तयार भएकी छन् ।’
ती अमेरिकी वेवसाइटमा विभिन्न स्रोतको हवाला दिँदै मिसेलले ओबामासँग सम्बन्धविच्छेद गर्न विभिन्न वकिलसँग सरसल्लाह गरिसकेको जनाएको छ  तर, अन्तिम चरणमा पुगिसकेकी मिसेल बाराकको अनुरोधलाई स्वीकार गर्दै तत्कालै सो निर्णय बाहिर नल्याउन मन्जुर भएकी छन् । उनले सम्बन्धविच्छेदको प्रसंग सन् २०१६ सम्म बाहिर नल्याउने सहमति गरेका जनाइएको छ ।
मिसेलले बाराकले अन्य मानिससँग गोप्य सम्बन्ध राखेको आरोप लगाएकी छन् । ‘मिसेल बाराकले धोका दिएकाले अत्यन्तै रिसाएकी छिन्,’ उनीनिकट स्रोतलाई उदृत गर्दै समाचारमा बताइएको छ ।

%d bloggers like this: