Thu. Apr 25th, 2024

काठमाडौं, ३ माघ ।  दोस्रो मिस लिम्बूको ताज मेरिना पोमोले पहिरिएकी छन् । शुक्रबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आफ्ना ११ जना प्रतिस्पर्धीलाई उछिन्दै मेरिना यस वर्षकी मिस लिम्बू बन्न सफल भएकी हुन् । मेरिनाले उपाधिसँगै नगद ५० हजार प्राप्त गरिन् ।
याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा फस्र्ट रनरअप र सेकेन्ड रनरअप क्रमशः ताजेन फोगो र दिव्या चेम्जोङ भए । उनीले नगद २५ हजार र १५ हजार पाए । १३ प्रतियोगीमध्ये एक जना अस्वस्थ भएपछि १२ जना मात्र अन्तिम स्पर्धामा थिए । याक्थुङ युथ एसोसिएसनले गत वर्षदेखि लिम्बू समुदायको कला, संस्कृति तथा परम्पराको सम्र्वद्धन गर्ने उद्देश्यले मिस लिम्बूको आयोजना प्रारम्भ गरेको हो ।

%d bloggers like this: